सभामुखको निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

  माघ ०४, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ ४ । प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिनेरनदिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । प्रमुख सचेतक रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवाले बिहान ९ बजे पदाधिकारी बैठक बोलाएको जानकारी दिएका छन् ।

बैठकले सभामुखमा अन्य दललाई समर्थन गर्ने कि आफैँ उम्मेदवार बन्ने भन्ने टुंगो लगाउनेछ । संसद् सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर