टिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने

  मङि्सर ०१, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर १ ।   टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीरका लागि पहिलो पेशी तोकेको हो ।

प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर