उपराष्ट्रपतिका लागि मतदान अन्तिम चरणमा

  चैत ०३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र ३ । उपराष्ट्रपतिका लागि भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन अधिकृतको कार्यालयको अनुसार शुक्रबार मध्याह्नसम्म ६१० मत खसेको छ। जसमा प्रतिनिधि सभा र प्रदेश सभाका २१८ र प्रदेश सभाका ३९२ सांसदले मतदान गरिसकेका छन् ।

उपराष्ट्रपतिको निर्वाचनका लागि संघीय संसद्का ३३२ र प्रदेश सभाका ५५० सांसद मतदाता रहेका छन् । आज बिहान १० बजेदेखि मतदान शुरू भएको हो । उपराष्ट्रपतिमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र पर्मिला कुमारी तथा जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर