आठ महिनाको कोठाभाडा नतिरी सागर ढकाल विदेसिए, भाडा नतिरे प्रहरीमा निवेदन दिने !

  जेठ ०२, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ २ ।  सागर ढकालले कोठा भाडा नतिरी बिदेसिएको कुरा बाहिर आएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गरेका डडेल्धुराका डकालले चुनाव ताका लिएको कोठाको भाडा अहिलेसम्म नतिरेको घरधनी सीतादेवी भाटले बताईन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेका हुन् । कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको घरबेटीको भनाई छ ।

महिनाको तीन हजार भाडा छ । सुरुको तीन महिनाको भाडा नौ हजार दिएपछि नदिएको घरबेटीले बताइन् । असोजदेखिको आठ महिनाको बाँकी रहेको घरभेटीले सुनाइन् ।

भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटको भनाई छ । सागर ढकाल दुई महिनादेखि साउथ सुडानमा रहेको उनका भाइ जनक ढकालले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर