ल्होत्से मल लुटपाटमा चालक र सह-चालकहरूकै संलग्नता

  फागुन ०४, २०७९

मिडियाबाजी डटकम काठमाडौं,फागुन ४। ल्होत्से मक लुटपाटमा चालक र सह-चालकहरूकै संलग्नता रहेको पाईएको छ । प्रहरीले ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरेको छ ।

यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरू चोरी गर्दै गरेको देखिएका उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी मनोज केसीले बताए ।

उनले भने, ‘भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिहरूलाई समातिसकेका छौं, थप केही निगरानीमा छन् ।’ पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सह–चालक छन् । पक्राउ परेका मध्ये अरू केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि छन् ।जिल्ला प्रहरी परिसर, काठमाडौंले सोमबार भएको घटनामा चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

मोबाइल चोर्दा चोर्दै सुरक्षागार्डले नियन्त्रणमा लिएर उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए । आन्दोलनका क्रममा परिस्थिति प्रहरीको नियन्त्रण बाहिर गएको मौका छोपेर उनीहरूले दुईवटा पसलमा तोडफोड र लुटपाट गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर