यती एयरलाइन्सका आजका सबै उडान रद्द

  माघ ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ २ । दुर्घटनाको शोकमा यती एयरलाइन्सले आज सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

कूल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२ जहाज आईतबार बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर