गाँजाको प्रतिबन्ध हटाउन माग गर्दै प्रदर्शन

  असार ३०, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार ३० ।  गाँजाको प्रयोगमा लगाइएको प्रतिबन्ध हटाउन माग गर्दै काठमाडौंको महाराजगञ्जमा प्रदर्शन गरिएको छ ।
गाँजा खुलाउने अभियानमा संलग्न व्यक्तिहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले गाँजाको प्रयोगमा लगाइएको प्रतिबन्धले किसानसँगै देशलाई नै घाटा भइरहेको तर्क गरेका छन् ।

नेपालमा ५० वर्षअघि आजकै दिन गाँजाको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । त्यतिवेला संयुक्त राष्ट्रसंघ र अमेरिकाको दवावमा प्रतिबन्ध लगाइएको थियो । अहिले अमेरिकामा पनि गाँजाको प्रयोग हुन थालेकाले नेपालमा प्रतिबन्ध लगाइराख्नुपर्ने आवश्यकता नभएका उनीहरूको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

थप खबर