प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग

  फागुन ०३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्यायालयलाई पूर्णता दिन सरकारसँग माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाएर न्यायालयलाई पूर्णता दिन माग गरेका हुन् । सर्वोच्च अदालत कामुको नेतृत्व रहेको वर्ष दिन भइसकेको भन्दै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल न्यायालयलाई पूर्णता दिन माग गरेका हुन् ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएपछि सर्वोच्च अदालत कामुको नेतृत्वमा चलिरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर