सरकारले राजधानीमै सुरक्षा दिन सकेन– प्रकाशशरण महत

  फागुन ०३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद प्रकाशशरण महतले मजदुर आन्दोलनको नाममा कयौं व्यवसायीको पसल लुटिँदा सरकार रमिते बनेको टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महतले सरकरले राजधानीमै सुरक्षा दिन नसकेको भन्दै सुरक्षा संवेदशीलताको प्रश्न उठाएका हुन् ।

‘काठमाडौंको मुटुमै मजदुर या अन्य समूहको नाममा लुट मच्चिएको छ। राजधानीमै सरकारले सुरक्षा दिन सक्दैन भने गाउँका मानिसको हालत के होला ?’ उनले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर