मिडियाबाजी डटकम काठमाडौं,माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले तेस्रो कार्यकाल प्रधानमन्त्री भएपछि जनता र राष्ट्रको पक्षमा केही नयाँ काम गर्ने अठोट लिएको बताएका छन् । आइतबार राष्ट्रिय योग दिवसको अवसरमा भक्तपुरको सानो ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।
‘मैले यसपटक प्रधानमन्त्रीको रुपमा जनता र राष्ट्रको पक्षमा राम्रा केही नयाँ काम शुरु गर्ने अठोटसहित सपथ ग्रहण गरेको छु,’ उनले भने । उनले ती राम्रा काम के हुन् भन्ने चाहिँ खुलाएनन् । प्रधानमन्त्री प्रचण्डले नेपालमा योग, ध्यान, र आध्यात्मिक चिन्तनको परपम्परा पुरानो भएको बताए । उनले माघ १ गते योग दिवस मनाउने गरेको भए पनि जनस्तरमा धेरै पहिलादेखि सुरु भएको सम्झिाए । योग र ध्यानको महत्व संसारभर नै बढेको उनले दाबी गरे ।
प्रचण्डले भौतिक रुपमा विकसित भएका मुलुकहरु आध्यात्मिक कमीका कारण मानसिक रुपमा कमजोर भएको टिप्पणी गरे । उनले योग र ध्यानलाई विकासलाई मनोवैज्ञानिक रुपमा अघि बढाउनु पर्ने उल्लेख गरे ।