मिडियाबाजी डटकम काठमाडौं,माघ १ । अभिनेत्री रेखा थापा पछिल्लो समय फिल्मका कारण होइन, राजनीतिका कारण चर्चामा आइन् । ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेकी रेखाले यसपटक संसदको यात्रा त तय गर्न पाइनन्, तर उनले आमा बन्ने तयारी चाहिँ अब सुरु गरेको जस्तो भान उनकै अभिव्यक्तिका कारण हुन्छ ।
फेरि उनी राजनीतिबाट फिल्मतिर फर्किन खोज्दै छिन् । उनका दुई फिल्म फागुन र वैशाखबाट छायांकन हुने तयारीमा रहेकी छिन् ।
ह्यारीकी प्यारी नामको गीत सार्वजनिक गर्ने कार्यक्रममा सन्चारकर्मीसँग उनले ठट्यौली पारामा नै यी दुई फिल्मपछि आफू आमा बन्ने बताएकी हुन् । आगामी असोजमा यी दुई फिल्म रिलिज हुने बताउँदै उनले भनिन्, ‘यी दुई फिल्मपछि म आमा बन्छु, भान्जाभान्जी र फिल्म सँगसँगै आउने तयारीमा हुनसक्छन् ।’