मनाङ एयर दुर्घटना : घाईते पाइलटलाई उपचारका लागि काठमाडौं पठाइयो

  असोज २७, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २७ । सोलुखुम्बुको लबुचेमा हेलिकोप्टर दुर्घटना हुँदा घाइते भएका पाइलटलाई उपचारका लागि काठमाडौं पठाइएको छ । शनिबार लुक्लाबाट पर्यटक लिन लबुचे उडेको मनाङ एयरको नाइन एनएनजे कलसाइन भएको हेलिकोप्टर लबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो ।

हेलिकोप्टरमा पाइलट प्रकाश सेढाईलाई फिस्टेल एयरको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौंको हेम्स अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए । हेलिकोप्टरमा पाइलट सेढाई मात्रै सवार रहेको सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा पाइलट सेढाई घाइते भएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर