शनिबारको विदेशी मुद्राको विनिमय दर कति छ ?

  असोज २७, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २७ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १३९ रुपैयाँ ८७ पैसा र बिक्री दर १४० रुपैयाँ ५० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ८२ पैसा र बिक्री दर १६२ रुपैयाँ ५५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर