मिडियाबाजी डटकम काठमाडौं,पौष ३० । नेपालमा केही दिनदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम छ । तराईका थोरै भागमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोका कारण घाम लाग्न सकेको छैन। घाम नलागेपछि चिसोले जनजीवन प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भागमा आंशिक बदली रहने सम्भावना छ। तर, हिमपात हुने सम्भावना भने नरहेको महाशाखाको भनाइ छ । यस्तै तराईमा हुस्सु र कुहिरो लागेर सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्नसक्ने सम्भावना छ ।