मिडियाबाजी डटकम काठमाडौं,आश्विन २६ । अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गत प्रसारण लाइनको टेन्डर रद्द भएको छ । एमसीए नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेण्डर परेपछि रद्द भएको हो ।
अब एमसीए नेपालले पुनः ठेक्का खुलाउने छ । एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणका ३ वटा समूहमा विभाजन गरेर ठेक्का निकालेको थियो ।
प्रसारण लाइन निर्माणको लागि एमसीए नेपालले २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो। तर, न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो।
अब एमसीए नेपालले पुनः ठेक्का खुलाउने छ। एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणका ३ वटा समूहमा विभाजन गरेर ठेक्का निकालेको थियो । यी प्रसारणलाइनको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान छ।
तर, ठेक्कामा न्यूनतम प्रस्ताव नै ६१ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलरको परेको थियो । बढी लागत अनुमानको टेण्डर परेकोले हालको टेन्डर रद्द गरेर एमसीएले अर्को टेण्डर खुलाउने भएको छ ।