मिडियाबाजी डटकम काठमाडौं, फागुन १ । पूर्वी नेपालमा आज बिहान भूकम्प गएको छ । ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला नजिक केन्द्रबिन्दु बनाएर बिहान ४:३० बजे ४ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
ताप्लेजुङमा यसअघि माघ १८ गते ४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रबिन्दु भने सभापोखरी नजिक थियो ।
त्यसअघि माघ १० गते बाजुरामा आएको ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घरमा क्षति पुगेको थियो ।