मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

  पुष २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २९ ।  प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनेछन्। उनले प्रदेशसभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । प्रदेशसभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। कार्की नेकपा एमालका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका छ र जसपाका एक प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेशसभामा कुल ९३ सदस्य रहेकामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ ।

प्रदेश सरकारमा आज माओवादी केन्द्रका तर्फबाट दुई जनालाई मन्त्री बनाउन लागिएको बताइएको छ । यसअघि प्रदेश सरकारमा एमाले, राप्रपा र जसपाका एक÷एक जनाले बिनाविभागीय मन्त्रीका रूपमा शपथग्रहण गरिसकेका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर