सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालतको आदेश

  पुष २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २९ । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डौको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिवक्ता रोजकृष्ण घिमिरेले अदालतले धरौटीमा छोड्न आदेश दिएको र शुक्रवार धरौटी राखेर सन्दीप निस्किने बताए । यसअघि गएको कात्तिक १८ गते काठमाण्डौ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । आदेशविरुद्ध सन्दीपका वकिलले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर