मिडियाबाजी डटकम काठमाडौं, मंसिर २६ । सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५.४० अंकले घटेको बजार आज ३६.८६ अंकले बढेर १९८५.४४ विन्दुमा बन्द भएको हो। यो १.८९ प्रतिशत हो ।
नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ । यसदिन २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँमा खरिद बिक्री भए ।
सोमबार ४ अर्ब ८४ करोड बढीको सेयर कारोबार भएको थियो। साताको पहिलो कारोबार दिन आइतबार तीन पटक सर्किट ब्रेक लागेर दिनभरको कारोबार नै बन्द भएको थियो ।