दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसीमा आज सकिँदै

  पुष २८, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २८ । राष्ट्रियसभामा रिक्त रहेको सदस्य पदको उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसीमा आज सकिँदैछ । सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदपूर्तिका लागि निर्वाचन हुन लागेको हो । माघ २५ गते हुने उप–निर्वाचनका लागि दल दर्ता गर्न आयोगले दिएको समय आज सकिन लागेको हो ।

एकीकृत समाजवादी र बहुजन शक्ति पार्टीले उपनिर्वाचनमा सहभागी हुन निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८रआठ जना सदस्य निर्वाचित हुने प्रावधान छ । सोही अनुसार लुम्विनी प्रदेशबाट १ जनाको प्रतिनिधित्व हुन बाँकी छ । ५९ सदस्यीय राष्ट्रिय सभाका लागि सातै प्रदेशबाट ५६ र ३ जना भने राष्ट्रपतिबाट मनोनित हुने संवैधानिक व्यवस्था छ ।

तपाईंको प्रतिक्रिया

थप खबर