बागमती प्रदेश सभाको सभामुखमा कांग्रेसका शिवराज अधिकारीको मनोनयन दर्ता

  पुष २८, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २८ । बागमती प्रदेश सभाको सभामुखमा नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेश कांग्रेस संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

जस अनुसार उनले उम्मेदवारी दर्ता गरेका हुन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्णा चित्रकार समर्थक छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर