पढ्दै कमाउँदै विद्यार्थीहरू

  कार्तिक २५, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक २५ ।  कटारी नगरपालिकास्थि त्रिवेणी माविमा अध्ययरत विद्यार्थीहरूले उत्पादन गरेका तिहार लक्षित पुष्प खेती । प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरूले सयपत्री फूल उत्पादन गरेका हुन् । उनीहरूले उत्पादन गरेका फूल खरिदका लागि तयार भइरहेको विद्यालयले जनाएको छ ।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यावसायिक, सीपयुक्त एवम् स्वाबलम्बी नागरिक उत्पादन गर्ने उद्देश्यले सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु गरेको हो। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफैंले कमाएर अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीहरू लाभाम्वित छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर