मिडियाबाजी डटकम काठमाडौं,पौष २७ । मधेस प्रदेशमा मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । ६३ सांसदको समर्थनसहित दाबी पेश गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनको शपथ पुस २९ मा हुने भएको छ ।
मधेश प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित ६३ सांसदले समर्थन गरेका छन् । प्रदेशका निवर्तमान सभामुखसमेत रहेका यादव बारा १ २ बाट निर्वाचित भएका हुन् ।