बागमतीका मुख्यमन्त्रीले माघ ३ मा विश्वासको मत लिने

  पुष २७, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २७ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी माघ ३ गते संसदबाट विश्वासको मत लिने भएका छन् । गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका उनले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।

२५ गते नियुक्त भएका मुख्यमन्त्री जम्कट्टेलले २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका थिए । उनले मुख्यमन्त्री नियुक्त भएको एक साता भित्रै संसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् । बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाका अनुसार मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे प्रदेशसभा सचिवालयमा समेत जानकारी गइसकेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर