मलेसियामा अलपत्र श्रमिक नेपाल फर्काइँदै

  पुष २७, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २७ ।  मलेसियामा अलपत्र र बन्धक रहेका नेपाली कामदारमध्ये दुईजना मंगलबार बिहान नेपाल फर्किएका छन् । उनीहरू हिमालय एयरलाइन्समार्फत बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । मलेसियास्थित नेपाली दूतावासले मंगलबार ६ जना कामदार नेपाल फर्कने बताए पनि दुईजना मात्रै फर्किएका छन् ।

म्यानपावर कम्पनीको पहलमा ६ जना कामदारका लागि हवाई टिकटसहित मंगलबार नेपाल फर्काउने तयारी दूतावासले गरेको थियो । तर, तीनजनाको चेकआउट मेमो तयार नभएका कारण फर्कन नपाएको म्यानपावर कम्पनीले जनाएको छ । बाँकी तीनजनामध्ये एकजनाले अरू साथीहरूसँगै नेपाल फर्कने अडान लिएपछि दुईजना मात्रै आएका हुन् । काठमाडौस्थित त्रिवेणी म्यानपावरमार्फत उनीहरू मलेसियाको पिआरएस फरेस्ट म्यानेजम्यान्ट कम्पनीमा काम गर्न १३ जना कामदार गएका थिए । तर, मलेसिया पुगेपछि सम्झौताअनुसारको काम र पारिश्रमिक नपाएको भन्दै नेपाली कामदारले काम नै सुरु गरेका थिएनन् ।

तपाईंको प्रतिक्रिया

थप खबर