भोजको ‘फूड पोइजन’ ले लमजुङमा एकको मृत्यु, १८ जना अस्पताल भर्ना

  मङि्सर २४, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर २४ । लमजुङको सुन्दरबजार नगरपालिका ८ मा सामूहिक भोज खाएका व्यक्तिहरुमा देखिएको फूड पोइजनका कारण एक जनाको मृत्यु भएको छ । फुड पोइजनका कारण सुन्दरबजार नगरपालिका ९ बस्ने देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

सामूहिक भोजमा सहभागी भएकामध्ये १८ जना बिरामी परेका छन् । उनीहरू उपचारका लागि सुन्दरबजारस्थित एचडिसिएस नमूना सामूदायिक अस्पताल भर्ना भएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर