आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

  असोज २३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २३ । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्मानमा सरकारले आज मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो । आज देशका सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

तपाईंको प्रतिक्रिया

थप खबर