मिडियाबाजी डटकम काठमाडौं, भाद्र २४ । प्रहरीलाई कुटपिट गरी हतियार लुट्ने सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राति सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेमा दुईजना प्रहरी जवानलाई कुटपिट गरी उनीहरूले हतियार लुटेका थिए ।
उनीहरूले प्रहरी कार्यालय दुहबीका प्रहरी जवान प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई कुटपिट गरी ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेका थिए।
जवानहरू सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा सूचनाको संकलन गर्न त्यहाँ पुगेका थिए । पक्राउ परेकाहरूलाई आज सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।