कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना : १८ जना घाइते, ६ गम्भीर

  असार २५, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार २५ । बैतडीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना भएको छ । पञ्चेश्वर गाउँपालिका तिलाचौरबाट महेन्द्रनगर जाँदै गरेको पवनदुत यतायातको लु २ ख २०११ नम्बरको बस दुर्घटना हुँदा करिब १८ जना घाइते भएको बैतडी प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्रु सवार रहेको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर