रवि लामिछानेले सरकारको प्रशंसा गर्दै भने-‘नक्कली शरणार्थी प्रकरणमा पछि नहट्नुस्’

  बैशाख २७, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च तहका नेता तथा सरकारी कर्मचारी पक्राउ परेपछि रास्वपाका सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत सरकारको तदारुकतामा नक्कली भुटानी शरणार्थीमा प्रकरणमा संलग्नता देखिएका व्यक्तिहरुलाई प्रहरीले धमाधम पक्राउ गरेपछि प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीलाई धन्यबाद दिएका हुन् ।

उनले भनेका छन् ,‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु । यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस् ।’

तपाईंको प्रतिक्रिया

थप खबर