मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक पुन सारेको छ । यसअघि बैठकको मिति परिवर्तन गरी बिहीबारलाई तोकिएको केन्द्रीय समितिको बैठक माघ १५ गते आइतबार १ बजे बस्ने तय गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले केन्द्रीय समिति बैठकमा पाँचदलीय गठबन्धन भत्किनुका कारण, निर्वाचनको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्दैछ । नेतृत्वका कारण सत्ता गुमाउनुपरेको भन्दै संस्थापनइतर समूहले भने केन्द्रीय समिति बैठकमा पुरक प्रस्ताव लैजाने तयारी गरिरहेको छ ।