प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन देउवाको ह्वीप

  पुष २६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । यसका लागि कांग्रेसले आफ्ना सांसद्हरुमा ह्वीप जारी गरेको छ । संसद् भवनमा बसेको संसदीय दलको बैठकमा सभापति तथा दलका नेता शेरबहादुर देउवाले प्रचण्ड सरकारलाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।

प्रतिनिधिसभामा कांग्रेसका ८८ सांसद छन् ।कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो । तर, बैठकमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, बलबहादुर केसीले फरक मत राखेका थिए । यसका वाबजुद संसदीय दलको बैठकमा विश्वासको मत दिने निर्णय गरेको छ भने पार्टी सभापतिले ह्वीप नै जारी गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर