मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई आज बिहान ९ः४० मा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यस्तै मुख्यमन्त्री जमकट्टेलको सिफारिसमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त दुई मन्त्रीलाई पनि प्रदेश प्रमुख शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने थापालाई बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको हो ।
मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेशको १४ मन्त्रालयलमध्ये १३ मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि आफैँले सम्हाल्नेछन् ।
नवनियुक्त मुख्यमन्त्री जमकट्टेल धादिङ जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ क बाट निर्वाचित भएका हुन् । नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री थपलिया चितवन १ ९क० र बिनाविभागीय मन्त्री थापा काठमाडौं क्षेत्र नं ८ ९ख०बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।