सुदूरपश्चिम सरकारले इजरायलमा निधन भएका विद्यार्थीका परिवारलाई जनही दुई लाख दिने

  असोज २२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २२।  सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन्। मुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदना समेत व्यक्त गरेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार र शव फिर्ता ल्याउन दुवै देशका सरकारसँग अनुरोधसमेत गरेका छन् ।

इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सातजना विद्यार्थीले ज्यान गुमाएको पुष्टि भइसकेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर