जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने कांग्रेसको अडान

  जेठ २६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ २६ ।  नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने अडान लिएको छ ।
सरकारले आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मातहत शाखा राखेर काम गर्ने प्रस्ताव गरेको थियो ।

सरकारको प्रस्तावमा निर्वाचन आयोगले असन्तुष्टि जनाएको छ । बैठकमा सहभागी कांग्रेसका सहमहामन्त्री जीवन परियारले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने प्रष्ट्याए ।

सरकारले पूँजीगत खर्चभन्दा प्रशासनिक खर्च बढी भएकाले केही कार्यालय गाभ्ने तयारी गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर