मिडियाबाजी डटकम काठमाडौं,पौष २५ । प्रतिनिधिसभाको चलिरहेको छ । संसदको पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । यसै क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ता गठबन्धनको ठुलो घटक नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओेलीले सम्बोधन गरेका छन् । देउवाले सम्बोधनका क्रममा निकै नरम र विन्रम भएर आफ्ना कुरा राखेका छन् । उनले नयाँ बनेको सत्तागबठन्धनको बारेमा कुनै गुनासो वा आपत्ति जनाएनन् ।
बरु प्रधानमन्त्री नियुक्त भएकोमा पटक–पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिए । लिखित सम्बोधन गरेका देउवाले कांग्रेसलाई पहिलो दल बनाएकोमा मतदाता र पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिए । सरकारको नेतृत्व गर्ने अवसर नपाएकोमा कुनै गुनासो गरेनन् । उनले प्रतिनिधि सभाको पूर्ण कार्यकालका लागि आफूले संविधान जोगाएको दाबी भने गरे ।
उता केपी शर्मा आृेलीले भने आफुले गरेको प्रतिनिधि सभाको विघटनको बचाउ गरेका छन् । नयाँ प्रतिनिधि सभाको बैठक चलिरहँदा पनि ओलीले आफूले गरेको संसद् विघटनको बचाउ गर्न छोढेका छैनन् । ओलीले प्रतिनिधिसभा विघटनको बचाउ गर्दै जनताको ताजा जनादेश लिन जाने कुरालाई प्रतिगमन भन्न नमिल्ने जिकिर गरेका छन् । उनी देश विदेशका उदाहरण दिँदै आफ्नो बचाउमा लागिरहे। ओलीले भने– नयाँ जनादेश माग्न जानु प्रतिगमन हो भने संसदीय व्यवस्थाका जननी बेलायतमा अस्तिसम्म पनि प्रतिगमन भइरहेको थियो । प्रतिनिधि सभा भंग हुनु प्रतिगमन होइन, संसदबाट सरकार बन्नु र ढल्नु प्रतिगमन होइन,अन्यत्रबाट सरकार ढाल्न लागियो भने त्यो प्रतिगमन हो । कुठाउँबाट सरकार बनाउनेमा जाँदैन जानु हुँदैन ।