सिक्रेदोभानको पहिरोमा बेपत्ता ५ जनाको खोजि गर्न आर्मी र एपीएफको टोली घटनास्थलमा

  श्रावण २३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन २३ । काभ्रेको खानिखोला गाउँपालिका सिक्रेदोभानमा बाढीमा बेपत्ताहरूको खोजि र उद्दारका लागि हेटौंडाबाट नेपाल आर्मी र सशस्त्र प्रहरीको टोलि आइपुगेको छ ।

बिहानदेखि स्थानीय जनप्रतिनिधि र प्रहरीको टोलीले बेपत्ताहरूको खोजि जारी रहेपनि बेपत्ताहरू भेटिएका छैनन् । बाढीमा बेपत्ताहरूको खोजी उद्धार गर्न खानीखोलाको गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ छिन्ताङले स्थानीय र सुरक्षा निकायसँग अनुरोध गरेका छन् ।

बेपत्ताहरूको पहिचान नभएको गाउँपालिका अध्यक्ष थिङले बताए ।

पहिरोले घर पुर्दा एकजनाको उद्धार गरिएपनि उपचारको क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर