‘अब छिट्टै बैंक तथा वित्तिय संस्थाहरुको ब्याँजदर घट्छ’ : अर्थमन्त्री महत

  असार २३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार २३ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याँजदर घटाउने बताएका छन् ।
बैंक तथा वित्तिय संस्थाहरुले चर्को ब्याँजदर असुली गरिरहेको गुनासो आइरहदा अर्थमन्त्री महतले सो आश्वासन दिए ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौंले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास समेत व्यक्त गरे ।

अर्थमन्त्री महतले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई बैंकको ब्याँजदर घट्ने कुराले ठूलो राहत हुने बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर