आरती साह मृत्यु प्रकरण : श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन सर्वोच्चको आदेश

  मङि्सर २१, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर २१ । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो ।

यस्तै आरती साहका ससुरासँग एक लाख रूपैयाँ धरौटी माग गरिएको छ । यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरू दुवै जना हाल थुना बाहिर थिए ।

यसअघि आरती साहको परिवार न्यायको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेको थियो । गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले अदालतमा जाहेरी दिएको थियो ।

आदेशमा भनिएको छ, ‘अब निज प्रतिवादीका हकमा पछि बुझिएका प्रमाणबाट ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाको किनारा नलागेसम्म मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ (१) (क) बमोजिम मुद्दाको पुर्पक्षको लागी थुनामा राखी कानुनबमोजिम गर्नु।’

पढ्नुहोस् आदेशमा लेखिएका कुराहरू:-

तपाईंको प्रतिक्रिया

थप खबर