बागमतीमा तीन महिनामा विपतका घटनामा ४१ को मृत्यु

  कार्तिक २१, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक २१ ।  चालू आर्थिक वर्षको तीन महिनामा प्राकृतिक र गैरप्राकृतिक विपत्बाट बागमती प्रदेशका १३ जिल्लामा ४१ जनाको मृत्यु भएको छ । विभिन्न घटनामा १०६ जना घाइते र १२ जना बेपत्ता भएका छन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तत्थ्यांकअनुसार चालू आवको साउनदेखि असोजसम्म बाढीपहिरो, डुबान, भूस्खलन, चट्याङ, आगलागी, सर्पदंश, सडक दुर्घटनालगायतका विभिन्न विपत्का घटनामा परी तीन महिनाको अवधिमा ४१ जनाले ज्यान गुमाएका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर