प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अब अनलाइनबाटै हुने

  श्रावण २१, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन २१ । विदेशमा अध्ययन तथा रोजगारीका लागि जान चाहनेहरूले अब प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग जानुपर्ने बाध्यता हटेको छ ।

आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थीत विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण कार्यलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

यसअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न विभाग आउनुपर्ने बाध्यता रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर