धादिङको सिद्धलेक गाउँपालिकामा अध्यक्ष समर्थकलाई कार्यविधि विपरीत छात्रवृत्ति वितरणको तयारी : स्थानियको चर्को विरोध

  असार २१, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार २१ ।  धादिङको सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले नेपाली काँग्रेस निकट विद्यार्थीहरुलाई मात्र छात्रवृत्ति वितरण गर्ने तयारी गरेका छन् । अध्यक्ष खतिवडाले गाउँपालिकाले बनाएको प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ विपरीत आफ्ना समर्थकहरुलाई छात्रवृत्ति वितरणको अन्तिम तयारी गरेका हुन् । कार्यपालिकामा छलफलसमेत नगरी अध्यक्ष खतिवडाले कार्यविधिविपरीत जवरजस्त यस्तो तयारी गरेपछी अहिले त्यसको विरोध सुरु भएको छ ।

गाउँपालिकाले सिद्धलेकभित्र बसोबास गर्ने र कक्षा १ देखि एसईईसम्म पालिका भित्रकै सामुदायिक विद्यालयमा अध्ययन गरी प्लस टु उत्तीर्ण गरेपछि अन्य सरकारी छात्रवृत्ति नपाएका, प्राविधिक विषय अध्ययन गर्ने र अध्यायन गर्न भर्ना भएकाहरुलाई कलेज तथा विश्वविद्यालयमा तिरेको बिलको आधारमा ५० हजारदेखि १ लाख ५० हजारसम्म छात्रवृत्ति दिने उल्लेख गर्दै गाउँपालिकाले राजपत्र नै प्रकाशन गरेको थियो ।

त्यस्तै स्नातक र स्नातकोत्तर प्राविधिक विषयमा अध्यायन गर्नका लागि गरिब भएका कारण अध्यन गर्न नसकेकाहरुलाई सहयोग पुग्ने अपेक्षासहित ०७९ फागुन २९ गते कार्यपालिकाले प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ स्वीकृति गरेर स्थानीय राजपत्रमा उल्लेख गरेकोमा हाल गाउँपालिका अध्यक्ष खतिवडाले राजपत्र र छात्रवृत्ति वितरण कार्यविधि विपरित आफु निकटका विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गर्न तयारी थालेका छन् । त्यस्तै खतिवडाले आफुखुसी ढंगले आफु निकटका केहि विद्याथीृहरुलाई छात्रवृत्ति रकम वितरण नै गरेको स्थानिय अभियन्ता तथा राष्ट्रीय स्वतन्त्र पार्टी सिद्धलेकका अध्यक्ष मो.रकिम अन्सारीले जानकारी दिए । अन्सारीका अनुसार खतिवडाले आफुखुसी ढंगले वितरण गरेको छात्रवृत्ति नियम विपरीत हो ।
गाउँपालिकाले अघिल्लो गाउँसभाबाट गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसलाई ५ लाख, मलेखुमा रहेको जय वागेश्वरी बहुमुखी क्याम्पसलाई ५ लाख, नीलकण्ठमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसलाई ५ लाख र प्राविधिक शिक्षालय गजुरीलाई २ लाख ८० हजार रुपैया छात्रवृत्ति स्वरुप अनुदान दिने घोषणा नै गरेको थियो । यद्धपी उक्त घोषणा गरेपनी कुनैपनि क्याम्पसलाइृ गाउँपालिकाले हालसम्म अनुदान रकम उपलब्ध गराएको छैन ।

हतारहतार सूचना प्रकाशन प्राविधिक नपढेका कार्यविधि विपरीत छात्रवृत्ति वितरणको तयारी

गाउँपालिकासंग सिमाना जोडिएका बिभिनन क्याम्पसहरुलाई छात्रवृत्ति स्वरुप अनुदान दिने घोषणा गरेपनि हालसम्म अनुदान उपलब्ध नगराएका अध्यक्ष खतिवडाले चालु आ.व.०७९÷८० को अन्तिममा हतारहतार सूचना प्रकाशन गरी कार्यविधिविपरीत प्राविधिक नपढेका माध्यमिक तहका विद्यार्थीलाईसमेत छात्रवृत्ति वितरण गर्न लागेको छ । त्यसका लागि गाउँपालिकाले गत वैशाख २५ गते ७ दिनको सूचना दिएर छात्रवृत्ति लिनका लागि सूचना आह्वान गरेको जनाएको छ तर छात्रवृत्ति लिन आवश्यक गरिबहरुले भने कुनै जानकारी नै नभएको भन्दै असन्तुष्टी जनाएका छन् ।
उता आफु निकटका विद्यार्थीलाई मात्र छात्रवृत्ति वितरण गर्नाका लागी अध्यक्ष खतिवडाले गाउँपालिका छात्रवृत्ति व्यवस्थापन समिती गठन गर्दा नै आफुलाई नै समितीका संयोजक तोकेका छन् । त्यस्तै उक्त समितीबाट आफुनिकटका विद्यार्थीहरुको निवेदनलाई मात्र स्विकृत गराई खतिवडाले निवेदन परेकामध्ये माध्यमिक तहका ४२ जनाबाट २० जनालाई ५०÷५० हजार दिने गरी असार ३ गते नाम छनोट गरेको आरोप छ ।
कार्यविधिमा इन्जिनियरिङ, चिकित्सासास्त्र, बीएससी नर्सिङ, वन, कृषि भेटेनरी आदिलाई दिने भनिएपनि खतिवडाले नेपाली काँग्रेस निकटका प्राविधिक विषय नै नभएको गजुरी स्थित् आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत् ६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्न सिफारिस गरेका छन् ।
कार्यविधीमा प्लस टु पछि दिने छात्रवृत्तिमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने र प्राविधिक विषयमा अध्ययन गर्ने ८ जनालाइ दिने स्पष्ट भएपनि अध्यक्ष खतिवडाले कार्यविधी विपरित शिक्षा संकायमा अध्ययनरत् ६ जना विद्यार्थीलाई मात्र छनोट गरेका छन् । यद्धपी अन्य विद्यार्थीहरु आफु निकटका नरहेको भन्दै सिफारिस गर्नबाट बन्चित् गरेको स्थानियको आरोप छ ।
उता छात्रवृत्ति छनोट समितिले गाउँपालिकाले बनाएको कार्यविधीको आधारमा छात्रवृत्ति वितरणका लागी सिफरिस गरेको प्रमुख प्रशासकीय अधिकृत राजन फुँयालले जानकारी दिए । “छात्रवृत्ति छनोट समितिले छानेको नामका २० जनालाई ५०÷५० हजार रुपैँयाको दरले छात्रवृत्ति उपलब्ध गराउन पालिकाले तयारी गर्दै बैंक खाता खोलेर आउन विद्यार्थीहरुलाई भनिसकेका छौँ” फुँयालले भने ।
कार्यविधि र छनोट भएकाहरुको विषय फरक परेको अवस्थामा भने पछि कार्यविधि सच्याउने पनि फँुयालले बताए । यद्धपी कार्यविधी बनाउने बेला आफु गाउँपालिकामा नरहेको र आफु आएको महिना दिन पनि नभएको भन्दै गाउँपालिका अध्यक्षसंग जानकारी लिन फुँयालले आग्रह गरे ।
उता उक्त विषयमा जानकारी लिन गाउँपालिका अध्यक्ष परशुराम खतिवडालाई पटकपटक सम्पर्क गरेपनि सम्पर्कमा आएका छैनन् । उनले पटकपटक गरिएको टेलिफोन उठाएनन् भने पठाइएको म्यासेजको समेत जवाफ दिएनन् ।

अध्यक्ष खतिवडा सम्पर्क बिहिन भएपछी शिक्षा शाखाका प्रमुख रामेश्वर पुडासैनीलाई टेलिफोन मार्फत् जानकारी लिँदा कार्यविधि अनुसार नै छात्रवृत्ति बितरण कार्यविधि विपरीत नभएको भन्दै अध्यक्षको पक्षपोषण गरे । त्यस्तै उनले अध्यक्षले सहि ढंगले सिफारिस गरेको भन्दै सोहि अनुसार नै छात्रवृत्ती रकम वितरण गर्ने समेत जानकारी दिए ।

उता शिक्षा समितिका सदस्य एवं वडा नं ४ का अध्यक्ष झकबहादुर थापामगरले भने प्रमुख प्रशासकीय अधिकृत फुँयाल र शिक्षा शाखाका प्रमुख पुडासैनीले भनेजस्तो पहिले रकम वितरण गरेरपछि कार्यविधि सच्याउने नेपालको कानुनविपरीत हुने बताए । त्यस्तै उनले हतारमा कार्यविधि पारित गरिएको र अहिले वितरण गरिने छात्रवृत्तिबारे कार्यपालिकामा छलफल नै नभएको बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर