द रिभर ओभरसिज प्रा.लि. बिदेशमा सबैभन्दा धेरै कामदार पठाउने सूचीको पहिलो नम्बरमा !

  असार २१, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार २१ ।  सय भन्दा बढी कामदार पठाएका म्यानपावर कम्पनीको नाम वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७९र८० को हालसम्म रोजगारीका लागि विदेश कामदार पठाउने म्यानपावर कम्पनीको विवरण सार्वजनिक गरिएको हो ।

म्यानपावर कम्पनी नवीकरण प्रयोजनका लागि उक्त सूची सार्वजनिक गरिएको बताइएको छ । विभागका अनुसार ५ हजार १२ जना कामदार पठाएको द रिभर ओभरसिज प्रालि सूचीको पहिलो नम्बरमा रहेको छ । दोस्रोमा इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालिले ५ हजार २ जना, तेस्रो स्थानमा रहेको वाइडस्पेश इन्टरनेशनल प्रालिले ३ हजार ९ सय २० जना, चौथोमा निलकमल ह्युमन रिसोर्सेज प्रालिले ३ हजार ६ सय ४१ जना, पाँचौंमा एक्सेस पार्टनर्स प्रालिले ३ हजार ४ सय २८ जना, छैटौंमा मोन्टेज ओभरसिज प्रालिले ३ हजार ३ सय ९८ जना पठाएको छ ।

सातौं नम्बरमा रहेको मेरिडियन ओभरसपज प्रालिले ३ हजार ३ सय ३९ जना, आठौं नम्बरको एसओएस ओभरसिज प्रालिले ३ हजार २ सय ९६ जना, नवौं नम्बरको मास ह्युमन रिसोर्स प्रालिले ३ हजार १ सय १५ जना, दशौं स्थानमा रहेको फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालिले २ हजार ८ सय ८६ जना, एघारौं स्थानमा रहेको ओमेगा इन्टरनेशनल प्रालिले २ हजार ६ सय ५४ जना, बाह्रौं नम्बरको साउण्ड लाइन्स रिक्रुटमेन्ट प्रालिले २ हजार ५ सय ९७, तेह्रौं नम्बरको लक्की एचआर सोलुसन प्रालिले २ हजार ५ सय १७ जना, चौधौं नम्बरको बिएस ओभरसिज प्रालिले २ हजार ३ सय ७६ जना, पन्ध्रौं नम्बरमा रहेको मुस्कान ओभरसिज प्रालिले २ हजार ३ सय ३२ जना पठाएको छ ।

सूचीको सोह्रौं नम्बरमा रहेको पाल्ही ओभरसिज प्रा।लि।ले २ हजार २ सय ५६ जना, सत्रौं नम्बरको दित्या इन्टरनेशनल प्रालिले २ हजार २ सय २३ जना, अठारौं नम्बरको ट्रष्ट नेपाल ओभरसिज प्रालिले २ हजार २ सय ८ जना, उन्नाइसौं नम्बरको एयर किंग्स प्लेसमेन्ट प्रालिले, २ हजार २ सय ३ र बिसौं नम्बरमा रहेका काबेली ह्युमन रिसोर्स प्रा।लि। र मिनवा रिक्रुटमेन्ट एचआर प्रा।लि।ले समान २ हजार १ सय २३ पठाएका छन् ।

एक्काइसौं नम्बरको लिंक इन्टरनेशनल प्लेसमेन्ट प्रालिले २ हजार ८० जना, बाइसौं नम्बरमा रहेको लाइफ इन्टरनेशनल ओभरसिज प्रालिले २ हजार ५३ जना, तेइसौं नम्बरको प्याराडाइज इन्टरनेशनल प्रालिले १ हजार ९ सय ८२ जना, चौबिसौं नम्बरको देवान कन्सल्ट्यान्स प्रालिले १ हजार ९ सय ७० जना र पच्चीसौं नम्बरमा रहेको स्वीफ्ट एचआर सोलुसन प्रालिले १ हजार ९ सय ३६ जना पठाएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर