भुटानी शरणार्थी प्रकरण : सरकारी वकिल पक्षको बहस आज सकिदैँ

  जेठ २३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ २३ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीहरुको सरकारी वकिल पक्षको बहस आज सकिँदै छ ।
आइतबारदेखि जिल्ला अदालत काठमाडौंमा जारी बहस आज सकिने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सह–महान्यायाधिवक्ता अच्युतमणि नेउपानेको नेतृत्वमा पक्राउ आरोपीहरुको बहस चलिरहेको छ ।

बहसमा महेश खत्री, जनक घिमिरे, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरे रहेका छन । सरकारी वकिल पक्षको बहस सकिए पछि प्रतिवादीको पक्षबाट बहस सुुरु हुने जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

घटनामा संलग्न १८ जनालाई पक्राउ गरेको छ भने १२ फरार रहेका छन । उनीहरू विरुद्ध लिखत किर्ते, राज्य विरुद्धको कसुर,सङ्गठित र ठगी कसुर अन्तर्गत मुद्दा चलाइएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर