कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने

  बैशाख २३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २३ । नेपाली कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा छलफल गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको शुक्रबार बसेको पदाधिकारी बैठकमा वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने बारे छलफल गरेको हो ।

बैठकपछि अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा प्रकाशशरण महतले वैशाख २८–२९ गते तिर बैठक बोलाउने सम्भावना रहेको बताए । उनका अनुसार मिति भने तय हुन बाँकि छ । भ्रातृ संगठनलाई पूर्णता दिने, विभाग गठन गर्ने गृहकार्य सुरु भएको उनले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर