मिडियाबाजी डटकम काठमाडौं, चैत्र २३ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टीबीच पार्टी एकता हुने भएको छ । भोलि घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानमा एक कार्यक्रमबीच पार्टी एकताको तयारी भइरहेको छ ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बी लामो समययता पार्टी एकताका लागि छलफल हुँदै आएको थियो । दुई पार्टीले गठन गरेको वार्ता टोलीले पार्टी एकताको सहमति जुटाएको हो ।