माघ ७ गते सभामुख र ९ गते उपसभामुखको चुनाव गर्ने दलहरुबीच सहमति

  पुष २२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २२ । प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन आगामी माघ ७ र ९ गते गर्न संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सहमत भएका छन् । शुक्रवार नयाँ बानेश्वरमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकमा यस्तो सहमति भएको कांग्रेस नेता रमेश लेखकले बैठकपछि जानकारी दिए ।

‘संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको छ’, लेखकले भने, ‘माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुख चयन गर्ने गरी लगभग सहमति जुटेको छ ।’

तपाईंको प्रतिक्रिया

थप खबर