सुनको भाउ स्थिर, चाँदीको बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  कार्तिक १९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १९ ।  सुनको भाउ आज स्थिर छ ।

सुनको भाउ आज पनि तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँ नै तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर