मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १८ । नाबालिका बैनीलाई बलात्कारको अभियोगमा तनहुँ अदालतले तनहुँको भानु नगरपालिकाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले १४ वर्षीय दाइलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई सोमबार जन्मकैदको फैसला भएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिए ।
गौतमका अनुसार ८ वर्षीय सहोदर बैनीलाई जबरजस्ती करणी गरेकाले जन्मकैदको फैलला भएको र अभियुक्त बालक भएकाले ५० प्रतिशत छुटगरी १४ वर्ष ६ महिना कैद हुनेगरी फैसला भएको छ ।