ललिता निवास प्रकरण : संगठित अपराधमा अनुसन्धान गर्न ७ दिन म्याद थप

  असार २०, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार २० । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमाम नौजनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौं जिल्ला अदालतले नौजना आरोपीलाई सात दिन थुनामा राखेर संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अनुमति दिएको हो ।

संगठित अपराधको कसुरमा मुद्दा रूपान्तरण भएसँगै अब प्रहरीलाई आरोपितहरूलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने अधिकार प्राप्त हुन्छ ।

तपाईंको प्रतिक्रिया

थप खबर